नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १२

नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको १ हजार २ सय ८४ पिसिआर परिक्षणका क्रममा ३१ जना र १ हजार ५ सय ३४ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ५२ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्