काठमाडौं,असोज १२
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रीत हुनुपर्ने बताउनुभएको छ ।
चन्द्रलोक प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन दलका नेताहरु चुकेका कारण जनतामा निराशा छाएको भन्दै अव भने गम्भीर भएर देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रीत हुनुपर्ने बताउनुभएको हो ।
उहाले राजनीतिमा देखिएको बिकृति र बिसंगतिलाई अन्त्य गरेर नै मुलुकलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो । हिजो गरेका त्यागको कुरा मात्रै गरेर आज केहि नगर्ने प्रवृतिलाई पनि निरुहात्सित गर्नुपर्ने उहाको भनाई छ । त्यस्तै उहाले मुलुकको बिकासका लागि प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।











