लोडशेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास प्रधानमन्त्री प्रचण्डबाट शुरु भएको हो : घिसिङ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ भदौ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सम्भव भएको बताउनुभएको छ ।

आज मङ्गलवार भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले देशमा लोडशेडिङ अन्त्यदेखि अहिलेसम्मको विद्युत् क्षेत्रको विकासमा प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको बताउनुभयो ।

घिसिङले १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् रूपान्तरणकारी आयोजना र १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रूपमा प्राधिकरणलाई दिने कुरा सकारात्मक रहेको बताउनुभयो ।

उहाँले नेपालको विद्युतीय क्षेत्र धेरै अगाडि बढेको जनाउँदै अहिले सयौँ सबस्टेशन र विद्युत् उत्पादन परियोजनाहरू बनिरहेको बताउनु भयो । उहाँले अब केही समयमा धेरै सबस्टेशन र हाइड्रोपावर उद्घाटन हुने क्रममा रहेको जानकारी पनि दिनुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्