कांग्रेस सभापति देउवाद्धारा अनुशासन समितिमा ४ सदस्य मनोनयन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ भदाै ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन समितिमा ४ जना सदस्य मनोनयन गरेका छन्।

केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई सभापति देउवाले मंगलबार अनुशासन समिति सदस्य पदमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

अनुशासन समिति संयोजक, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना छन्। संयोजक तोकेको एक वर्षपछि समितिमा ४ सदस्य मनोनीत गरिएको हो।

२०७९ साउन २ गते सभापति देउवाले अनुशासन समिति संयोजकमा ढुंगानालाई मनोनीत गरेका थिए। सदस्यहरू मनोनीत नहुँदा काम गर्न नपाएको गुनासो संयोजक ढुंगानाको थियो। उनले गत साउन २ देखि १० गतेसम्म चलेको बैठकमा सदस्य मनोनीत नगर्दा काम गर्न नसकिएको र प्रतिवेदनसमेत पेश गर्ने अवस्था नरहेको बताएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्