प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलीसम्मका लागि स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ भदौ ।आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलीसम्मका लागि स्थगित गरिएको छ ।

मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर भाेली  अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको हो ।

सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठ गर्न दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो ।

गत १० साउनदेखि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरेर सदन अवरुद्ध गर्दै आएको छ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्