खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ ।
आज बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट खसीबोका र च्याङ्ग्रा बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पहिलो चरणमा दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट ल्याइएका खसीबोका र दार्चुुलाबाट च्याङ्ग्रा बिक्रिमा राखिनेछ ।
कम्पनीले खसीबोका प्रतिकिलो ६ सय ८० रूपैयाँ र च्याङ्ग्रा प्रतिकिलो एक हजार दुई सय ६० रुपैयाँ निर्धारण गरेको छ । गएको वर्ष कम्पनीले खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो ।
खरिद मूूल्य नै बढेकाले मूूल्य बढ्न गएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खसीबोका र च्याङ्ग्रामा बाहिरको भन्दा किलोमा १० रूपैयाँ छुट दिइने छ ।