गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन सुरु गर्छु : सुनिल शर्मा

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, २९ साउन । नेपाली कांग्रेस सुनिल शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै कारण आफुलाई पक्राउ गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शर्माले सुन प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे बोलेकै कारण आफूलाई पक्राउ गरिएको भन्दै आफ्नो अडान कायमै रहेको बताउनुभएको हो ।

उहाले अहिलेका गृहमन्त्रीले राजीनामा दिनुपर्ने भनाई कायमै रहेको बताउनुभयो उहाले आफुहरुलाई पक्राउ गरिएको बिषयमा गृहमन्त्रीले राजीनामा नदिए अनशन बस्ने चेतावनी पनि दिनुभयो ।

उहाले आफुलाई पक्राउ गरेपछि प्रहरीले यातना दिएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्