सेयर बजारमा सामान्य गिरावट, साढे ४ अर्बको कारोबार

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो कारोबार दिन सोमबार झिनो गिरावट आएको छ । आज नेप्से परिसूचक १.२० अङ्कले घटेर २६८४.३३ विन्दुमा कायम भएको छ ।

आज कुल ३४९ कम्पनीका १ करोड १४ लाख कित्ता सेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ । बाँकी ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ । बजार दिनभर उतारचढावपूर्ण रहँदै अन्ततः रातो रङमा बन्द भएको हो ।

समूहगत आधारमा आज कुनै पनि परिसूचकमा ठुलो उतारचढाव देखिएन ।

आजको कारोबारमा इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिसेयर १५०५.६० रुपैयाँ पुगेको छ । आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक ७.४० प्रतिशत मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो । यस कम्पनीको २७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोको १९ करोड ४९ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्