युवा र नीति निर्माण प्रक्रिया बीचको खाडल हटाउन कांग्रेसद्धारा पोलिसी ह्याकाथनको घोषणा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन २७ । नेपाली कांग्रेसले नेपाली युवाले सामना गरिरहेका चुनौती र आवश्यकताहरूलाई सम्बोधन गर्ने नीति तयार पार्न पोलिसी ह्याकाथन कार्यक्रम घोषणा गरेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले युवा र नीति निर्माण प्रक्रिया बीचको खाडल हटाउन पोलिसी ह्याकाथनको घोषणा गरेको हो । प्रतियोगितामा नीति विज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश वा विदेशमा बस्ने नेपाली विद्यार्थीलगायत ४० वर्ष उमेरसम्मका नेपाली नागरिकले भाग लिन पाउने कांग्रेस सहमहामन्त्री जीवन परियारले जनकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा खुल्ला गरिएको आवदेन भाद्र ३ गते बन्द हुने, भाद्र पाँच गते १० टोली छनोट हुने र भाद्र ९ गते पार्टी कार्यालयमा फाइनल हुने परियारले बताउनुभयो । प्रतियोगीतामा तीन हजारदेखि पाँच हजारसम्मको नीतिपत्र तोकिएको ढाँचामा प्रस्तुत गर्नुपर्ने उहाले बताउनुभयो ।

प्रतियोगितामा पहिलो हुनेले तीन लाख, दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले ५० हजार पुरस्कार प्राप्त गनेछन् । शीर्ष तीन टोलीको अवधाराणापत्र र उत्कृष्ट विचार नीति निर्माणका क्रममा ग्रहण गर्ने सहमहामन्त्री परियारले जानकारी दिनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्