काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) निधनप्रति दुःख व्यक्त गरेका छन्।
पाकिस्तानको ८ हजार ५१ मिटर अग्लो ब्रड पिक आरोहणका निर्मल पुर्जासहित ६ नेपाली र चार विदेशी आरोहीको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
उनले भनेका छन्, ‘विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ ब्रड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।’
निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको भएपनि उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने उल्लेख गरेका छन्।
उनले अगाडि भनेका छन्, ‘आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ ।
हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने उल्लेख गरेका छन्।’










