कर्णालीले पनि परिवर्तन गर्‍यो कप्तान, सोमपालको स्थानमा मिलर

खबर बुक
  • ख-
  • ख
  • ख+

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चलिरहँदा कर्णाली याक्सले पनि कप्तान परिवर्तन गरेको छ ।

बिहीबार लुम्बिनी लायन्स विरुद्धको खेलअघि टसका क्रममा नियमित कप्तान सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलर टसका लागि गएका थिए ।

यसअघि ५ खेलमा सोमपालले कप्तानी गर्दा कर्णालीले २ खेल जितेको थियो भने लगातार तीन खेलमा पराजित भएको थियो । सुरुवाती दुई खेल जितेपनि त्यसपछि लगातार तीन खेलमा पराजित भएकोले कर्णालीले कप्तान परिवर्तन गरेको हो ।

सोमपाल पहिलो रोजाईँमै खेलेपनि नेतृत्व भने मिलरको काँधमा छ । प्रतियोगिताको बिचमा कप्तान परिवर्तन गर्ने कर्णाली दोस्रो टिम बनेको छ ।

यसअघि पोखरा एभेन्जर्सले पनि कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा श्रीलंकन बलर चमिका करुणारत्नेलाई नयाँ कप्तान बनाएको थियो ।

सुरुवाती तीन खेलमा हारपछि चमिकाले चौथो खेलबाट कप्तानी गरेका थिए । पाँचौ खेलमा पुगेर चमिकाकै कप्तानी पोखराले पहिलो जित हात पारेको थियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्