काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन्।
सन्दीपले खेलको १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार विकेट लिएका थिए। उनले तीन ओभर बलिङ गर्दै २३ रन खर्चेर ६ विकेट हात पारेपछि पोखराको मध्यक्रम ध्वस्त भएको छ।
यस सिजन एकै खेलमा ६ विकेट लिने सन्दीप पहिलो बलर बनेका छन्। यसअघि खेलेका पाँच खेलमा एक विकेट मात्र लिएका उनले आफ्नो छैटौँ खेलमा भने शानदार पुनरागमन गरेका हुन्।
सन्दीप एनपीएलको इतिहासमा ह्याट्रिक विकेट लिने चौथो खेलाडीसमेत बनेका छन्। यसअघि विराटनगरकै प्रतिश जीसी, काठमाडौँ गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए।
यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले पनि एकै खेलमा ६ विकेट लिएका थिए।





