ब्रोड पिक हिमपहिरो: निम्सदाइको शव ५ हजार ७ सय मिटर उचाइबाट निकालियो

खबर बुक
  • ख-
  • ख+

पाकिस्तानको काराकोरम हिमशृंखलामा पर्ने ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्स दाइ’ पुर्जाको शव निकालिएको छ।

बिहीबार आरोहण क्रममा हिमपहिरोमा परी बेपत्ता भएका निर्मल पुर्जा शनिबार मृत भेटिएका थिए।

प्रतिकूल मौसमका कारण आइतबार मात्रै उनको शव निकालिएको पाकिस्तानको आरोहणसम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तान (एपिसी) लाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।

एपिसीका अनुसार निम्सको शव ५ हजार ७ सय मिटर उचाइमा फेला परेको थियो। त्यहाँबाट उनको शवलाई आजै जापानी क्याम्पसम्म ल्याउने तयारी छ।

निम्सको शव नजिकै अरू तीन जनाको शव रहेको पनि बिबिसीले जनाएको छ। उनीहरू मृतक १० जनामध्ये को-को हुन् भनेर चाहिँ पहिचान हुन बाँकी छ।

एसिपीले अत्यन्त कठिन भौगोलिक अवस्था, हिमपहिरोको उच्च जोखिम र ठाडो भीरका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाएको छ।

मौसम प्रतिकूल रहेकाले हेलिकप्टर परिचालन गर्न नसकिएको र पाकिस्तान तथा नेपालका आठ सदस्यीय उद्धार टोलीले आइतबार बिहान ९ बजेअघि क्याम्प–१ पुगेर शव निकाल्ने प्रयत्न गरेको पाकिस्तानी अनलाइन डनले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्