सांसद पक्राउको कारण थाहा पाएपछि पार्टीको धारणा बनाउँछौं : रमेश लेखक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ साउन । नेपाली कांग्रेसले पार्टीका सांसद सुनील शर्मा पक्राउबारे सम्बन्धीत निकायबाट जानकारी लिएर मात्रै धारणा सार्वजनिक गर्ने जनाएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बिहीबार बसेको संसदीय दल कार्यसमिति बैठकपछि मुख्य सचेतक रमेश लेखकले सांसद सुनील शर्मा पक्राउबारे बैठकमा छलफल भएको र आधिकारीक जानकारी लिएपछि मात्रै धारणा सार्वजनिक गर्ने बताउनुभएको हो ।

यस बिषयमा सभामुख र सिआइबीसंगपनि जानकारी लिइने उहाले बताउनुभयो । त्यस्तै बैठकमा शुक्रबार बस्ने संसदीय दल बैठकको एजेण्डमाथि छलफल भएको जानकारी दिनुभयो ।

दल बैठकमा सदनको अवरोध, बजेटका बिषय, बिधेयक लगाएतका बिषयमा छलफल हुने लेखकले बताउनुभयो ।

लेखकले सदनको अवरोध अन्त्य गर्न कांग्रेसले निरन्तर प्रयास गरेको र सवै दलसंग छलफलमा नै रहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्