सांसद सुनिल शर्मा पक्राउबारे संसदलाई जानकारी दिँदै प्रहरी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ साउन । सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद सचिवालयलाई बिहीबार नै जानकारी गराउने भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सांसद शर्मा पक्राउको जानकारी दिन संघीय संसद सचिवालयतर्फ गएको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो ।

कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्