संसदीय समिति सभापतिको भागबन्डा, राप्रपा र रास्वपाले पाएनन्

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ साउन । संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ ।

सिंहदरबारमा सोमबार बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो । जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक एक संसदीय समिति परेको छ ।

तर, प्रतिपक्ष दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने संसदीय समिति सभापति नपाउने भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्