माओवादीले तीन महिने पार्टी विशेष रुपान्तरण अभियान संचालन गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ साउन ।  नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ ।

काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले जनतासँग माओवादी माओवादी विशेष रुपान्तरण अभियान चलाउने निर्णय गरेको हो । अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिनेछ ।

अभियानको नारा जनजनमा माओबादी घरघरमा माओबादी रहेको छ । अभियानका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ७ प्रदेशका ७ वडामा पुग्नु हुनेछ ।

दाहालले जनतासँग प्रत्यक्ष साक्षत्कार गर्नुहुनेछ । आइतबारको बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले संगठन सुदृढीकरण गर्दै एकताबद्ध भएर अघि बढेमा फेरि पनि देशको नेतृत्व माओवादीले लिन सक्ने बताउनु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्