२१ साउन, चितवन । विवाद पछि राष्ट्रिय स्वतन्त्र पार्टीले एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता पठाएको छ ।
६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर शुरु गरिएको सेवामा प्रयोग भएको एम्बुलेन्सको रंग अनुमति नलिइ सेतो रगंलाइ निलो बनाएको भन्दै विवाद र्सिजना भए पछि एम्वुलेन्स र्फिता पठाएको हो ।
यसअघि एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई भारतिय दुतावासले आजभन्दा ११ वर्ष अगाडि अनुदान दिएको खुलेको छ । लामो समयदेखि नवीकरणसमेत नगरिएको उक्त एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरी मोबाइल क्लिनिकको रुपमा सन्चालमा ल्याएको घोषणा गरिएको थियो ।
तर अनुमति नलिइ गरिएको रंग परिवर्तन साथै एम्बुलेन्स लाई मोबाइल क्लिनिक बनाए पछि विवाद र्सिजना भएको थियो ।











