२१ साउन, चितवन । चितवनमा भरखर शुरु भएको निलो रंगको बस सेवामा प्रयोग गरिएको बसको रंग यातयात कार्यलयमा अनुमति नलि शुरु भएको पाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुरु गरेको बस सेवा महिलाहरूका लागि निःशुल्क सन्चालन भन्दै सञ्चालन शुर गरिएको हो ।
बसको रंग परिर्वतन गर्दा अनुमति नलिइएको यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ । यातायात व्यवस्था कार्यालय वीरगञ्जमार्फत सूचना लिएर कार्यालयले बसको रंग परिवर्तनको अनुमति अहिलेसम्म लिएको रेर्कड नरहेको जनाइएको छ ।
रंग परिवर्तन गर्दा अनुमति लिएर प्राविधिकहरुलाई देखाउनुपर्ने व्यवस्था भए पनि अनुमति बिना बस चलाइएको छ । सवारीको ब्लु बुकको अन्तिममा रहेको सवारी चालकले ध्यान दिनुपर्ने कुराहरुको बुँदा नं. ५ मा समेत अनुमति नलिई रंग परिवर्तन गर्न नहुने उल्लेख छ ।
तस्विर सामाजिक सञ्जाल











