६ राजनीतिक दललाई समानुपातिकतर्फको बन्दसूची सच्याउन निर्देशन

खबर बुक
  • ख-
  • ख+

निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याएर पठाउन निर्देशन दिएको छ ।

आयोगका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याउन भनिएको छ ।

अन्य दलहरूलाई १६ गतेसम्म समय दिइएको छ । ठूला दलहरूको सूची लामो भएकाले छिटो सक्न भनिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा दर्ता भएका दलहरूले असोज २ र ३ गते समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए ।

मिस्रित निर्वाचन प्रणालीअनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ ।

यसअनुसार प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा २ सय २० सांसद समानुपातिकबाट छानिनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्