काठमाडौ, १८ साउन ।सहकारी पीडितहरु र प्रहरी बीच राजधानीको बिजुली बजारमा सहकारी पीडितको आन्दोलनका क्रममा झडप भएको छ ।
माइतीघरमा भेला भएका सहकारी पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो । प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल र झडपको अवस्था सिर्जना भएको बताइएको छ ।
सहकारी पीडितले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।











