काठमाण्डाै महानगरपालिकाले पुनः कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने 

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १८ साउन ।साउन २१ गते आइतवारबाट नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान  काठमाण्डाै महानगरपालिकाले पुनः सञ्चालन गर्ने  भएको छ ।

कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१,  मा साउन २१ र २२ गते २ दिन कार्यक्रम चलाइनेछ। यसैगरी वडा नं १२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते दुई दिन कार्यक्रम चलाइने तयारी रहेको कामपा स्वास्थ्य विभाग प्रमुख रामप्रसाल पौडेलले जानकारी दिनुभयो ।

खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिलाई समावेश गरिने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्