माओबादी केन्द्रिय समिति बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।  हिजो देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म १७ जनाले आ आफनो धारणा राखिसकेका छन् ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्