माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु (फोटोफिचर)

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ ।

काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा सुरु भएको बैठक पाँच दिनसम्म चल्नेछ । बैठकमा संगठनात्मक र राजनीतिक प्रतिवेदनमाथी छलफल र बहस हुनेछ । बैठकको उद्घाटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पार्टीजस्तो हुन नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले पार्टी सुदृढिकरणको आवश्यकता औल्याउनुभयो । बैठकमा सरकारका कामको समीक्षालगायतका विषयमा पनि छलफल छ । यस अघि आज विहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी वैठकले केन्द्रीय समिति वैठकका एजेण्डा तय गरेको थियो ।

केन्द्रीय कमिटीबाट विधान संशोधन गर्ने निर्णय पनि पदाधिकारी वैठकले गरेको छ । कांग्रेस वैठकको सिको गर्दै केन्द्रीय समिति वैठकको प्रत्यक्ष प्रसारण गर्ने भनिएकोमा पार्टीभित्र विवाद भएपछि पदाधिकारी वैठकले प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको थियो ।

फोटोफिचर

 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्