संघीय शिक्षा ऐन संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ साउन । सरकारले संघीय शिक्षा ऐन सदनमा पेश गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐनलाई संसदमा पेश गर्न स्वीकृत दिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । बैठकमा लम्पीस्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने विषमया पनि छलफल भएको र अर्को बैठकले निर्णय गर्ने उहाले बताउनुभयो ।

बैठकले विश्व वातावरण सुविधावापत प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गरेको उहाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्