काठमाडौं, १६ साउन । संवैधानिक परिषद्को बैठक बसिरहेकाे छ ।
नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्ने उद्देश्यसहित सिंहदरबारमा बैठक चलिरहेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्कीं, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्छ ।
प्रधानन्यायाधीश कार्की यही साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागिएको हो । प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्नेमा अहिलेसम्म परिषद्को बैठक बस्न सकेको थिएन ।











