प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दलहरू सहमत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ साउन । प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दलहरु सहमत भएका छन् । सभामुख देवराज घिमिरेको आह्वानमा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच मंगलबार लागि बोलाइएको बैठक सञ्चालन गर्ने सहमति भएको हो ।

तर, एमालेले करिब क्विन्टल सुन तस्कारी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारले नमाने बैठक अवरुद्ध गर्ने  तयारीमा छ । यसअघि बैठकमा एमालेले छानविन समिति गठनको माग गर्दै आफ्नो धारणा राख्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्