सदनको अवरोध खुलाउन सभामुख सक्रिय, बोलाइएको कार्यव्यवस्थाको बैठक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ साउन । सभामुख देवराज घिमिरे सदनको अवरोध हटाउन सक्रिय बनेका छन् । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन संवाद गरेर उनले सदनको अवरोध अन्त्य गर्न आग्रह गरेका छन् ।

सदनको अवरोधले जनताको आवाज अवरुद्ध हुने भन्दै सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीलाई सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेका हुन् प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँगको टेलिफोन संवादपछि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

उनले बानेश्वरमा मंगलबार मध्यान्ह १२ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकाा हुन् । यसअघि सोमबार पनि संसद्को अवरोध अन्त्य गर्ने विषयमा  सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड, प्रतिपक्षी दलका नेता ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्