१५ साउन, काठमाडौं ।नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ ।
पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक बस्दैछ । कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिएका हुन् ।











