निर्वाचन बहिस्कार घोषणा गरेका चार दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० असोज,आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका  रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरुले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार संघर्षका कार्यक्रमहरुः

असोज २३ गते – चितवन
असोज २५ गते – जनकपुर
असोज ३१ गते – विराटनगर
कात्तिक २ गते – पोखरा
कात्तिक ४ गते – बुटवल
कात्तिक १७ गते – सुर्खेत
२०७९ कात्तिक १९ गते – धनगढी
२०७९ कात्तिक २३ गते – काठमाडौं

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्