सुन प्रकरणलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नु अघि एमालेले संसदीय दलको बैठक राखेको हो । संसदीय दलको बैठकबाट एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने निर्णय गर्ने र सोही अनुसार बुधबार संसदमा प्रस्तुत हुन निर्देशन दिन बैठक बोलाएको हो ।

एमालेले बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्नसक्ने बुझिएको छ । कम्बोडिया भ्रमणबाट फर्कने क्रममा एमाले अध्यक्ष ओलीले विमानस्थलबाट बाहिरिईसकेको सुन बरामद गरेको विषयमा गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाउनु भएको थियो ।

उहाँले सय किलो सुन बरामद प्रकरणमा काँक्रो आफूले खाउर बियाँ अरुको गालामा टाँस्ने खेल भईरहेको भन्दै गृहमन्त्री श्रेष्ठले आफ्नो संलग्नताबारे प्रष्ट पार्नुपर्ने बताउनुभएको थियो ।

सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ पनि संलग्न रहेको दाबी गर्दै एमालेका भ्रातृ संगठनहरुले मसाल जुलुस समेत प्रदर्शन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्