काठमाडौ, ९ साउन ।नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सुदूरपश्चिम सरकारमा सहभागी बन्ने भएकाे छ ।
सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका हुन्र ।पाँच महिनापछि पूर्णता पाउन लागेको सुदूरपश्चिम सरकारमा नाउपा सहभागी हुन लागेको हो । नाउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त हुने भएका हुन् ।
मन्त्री हुनेहरूको आज साँझ ४ बजे शपथ ग्रहण हुने जानकारी दिए ।











