विद्यालय खाजा कार्यक्रममा पछिल्लो पाँच बर्षमा चार गुणा बजेट बढेकाे छः प्रधानमन्त्री प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ साउन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय खाजा कार्यक्रम प्रभावकारी देखिएकाले पछिल्लो पाँच बर्षमा चार गुणा बजेट बढाएको बताउनुभएको छ ।

खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यालय खाजा कार्यक्रम मार्फत विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी देखिएकाले बजेट बढाउदै लगिएको जानकारी दिनुभएको हो । उहाले यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको क्षमतालाई पनि सुदृढ गर्दै निरन्तर रुपमा उक्त कार्यक्रम कार्यान्वयन र अनुगमन गर्ने धारणा राख्नुभयो । उहाले खाद्य प्रणाली रूपान्तरणका लागि रणनीतिक योजना बनाएको जानकारी पनि गराउनुभयो ।

सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड गत शनिबार त्यसतर्फ जानुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्