धौलिगंगा बाँध खोलिने हुँदा सचेत रहन आग्रह

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ६ साउन । भारतको धौलिगंगा बाँध पुनः शनिबार खोलिने भएकाले जिल्ला प्रशासन कार्यालय बैतडीले सर्तकता अपनाउन सबैसँग आग्रह गरेको छ ।

बाँध खोलिएपछि महाकाली नदीमा पानीको वहाव बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सर्तकता अपनाउन आग्रह गरेको हो । भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविधुत परियोजनाको सिल्ट सरसफाईका लागि बाँधको ढोका खोलिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

योे समयमा महाकाली नदि किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्नसमेत अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले जानकारी दिनुभयो ।

यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियोे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्