संसद् भवन अगाडिबाट मिटरब्याज पीडितहरू पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ४ साउन । सरकारले ल्याएको मिटरव्याज सम्बन्धी विधेयकप्रति असन्तुष्टी जनाउदै संसद भवन अघि प्रदर्शन गर्न खोज्ने मिटरव्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार संसद भवन अगाडी नारावाजी सहित प्रदर्शन गर्न खोज्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मिटर व्याज तथा ठगी विरुद्धको किसान–मजदुर संघर्ष समितिले नयाँ कानूनले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी राखेको छ ।

समितिलेसरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने बताउदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्