काठमाण्डौ उपत्यकामा जग्गाको कारोबारमा उच्च गिरावट, राजस्वमा संकलनमा समेत प्रभाव

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ,  ३ साउन । अहिले विश्व नै र्आथिक मन्दीका कारण आक्रान्त बनेको छ । कोरोना महामारी साथै रुस युक्रेन युद्धले गर्दा विश्वले नै र्आथिक मन्दीको सामना गरिरहनु परेको छ ।

यसैको प्रभाव नेपालमा परेको छ । नेपालका हरेक क्षेत्रमा अहिले मुल्यवृद्धीका कारण आम जनजीवन कष्ककर बनेको छ । घरजग्गा कारोबार कम भएसँगै सरकारले पाउने राजस्वमा पनि उच्च गिरावट आएको छ ।राजस्व संकलनमा २०७८÷७९को तुलनामा २०७९÷८० मा ५२ प्रतिशतले गिरावट आएको हो । यसैको प्रभावले हुनसक्छ, काठमाण्डौ उपत्यकामा जग्गाको कारोबार आर्थिक वर्ष २०७८÷७९ को तुलनामा २०७९÷८० मा झन्डै आधाले गिरावट आएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुशार आर्थिक वर्ष २०७८÷७९को तुलनाले सताइस हजार पाचँ सय चौरासी संख्याले कमि आएको छ ।विभागका अनुशार २०७८÷७९ मा कुल ५२ हजार चार सय २१ संख्यामा घरजग्गा किनबेच भएकोमा २०७९÷८० मा भने २४ हजार आठ सय ३७ संख्यामा मात्र घरजग्गा किनबेच भएको जनाइएको छ । अहिले जग्गा कित्ताकाटमा कमि आएको छ ।जग्गा कित्ताकाटमा संख्यामा २०७८÷७९ को २०७९÷८० तुलनामा ६ हजार तिरानब्बेले कमि आएको छ ।

२०७८÷७९ मा काठमाडौंमा १२ हजार ७ सय ८७ संख्यामा जग्गा कित्ताकाट भएकोमा यो संख्या २०७९÷८० मा ६ हजार ६ सय ९४ झरेको छ।
जग्गा कारोबार गिरावटमा प्रभाव पार्ने तत्व र्आथिक मन्दी मात्र नभइ उपत्याकामा अचाक्ली बडेको जग्गाको मुल्य पनि प्रमुख कारण रहेको छ । पछिल्लो समय रेमिट्यान्सको अवस्थामा सुधार आएको काठमाण्डौमा खरिद विक्रिमा भने सुधार आउन सकोको छैन । संघियताको प्रभाव पनि हुन सक्छ, अहिले काठमाण्डौ बाहिर जग्गामा पनि रेमिट्यान्स लगानी हुने गरेको छ ।

नेपालमा भू–उपयोग नियमावली लागू संगै जग्गा व्यवस्थापनमा नयाँ ऐन–नियम लागु भए पछि जग्गाको कित्ताकाट रोकिएको थियो । जसको प्रभाव समग्र जग्गा कारोबारमा नै असर गरेको हो ।यसै समयमा वैंकको ब्याजदरमा उच्च वृद्धी गरिएकाले जग्गा कारोवारमा पुरै मन्दै छायो । जग्गा कारोवारीको माग तथा विरोधका बिच पछिल्लो समय सरकारले जग्गा कित्ताकाट साथै कारोवार खुला गरेको छ ।

यस्ले ज्ग्गा कारोवारीमा उत्साह छाएता पनि २०७९÷८०को कारोवार पनि उत्साह जनक भने नभएको विभागले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्