सिट बाँडफाँटका बारेमा सत्ता गठबन्धनले दिनहुँ जसो छलफल गरे पनि निर्णयमा पुग्न नेताहरूलाई समस्या भएको छ ।
गठबन्धनमा रहेका ५ दलका नेताहरूका आआफ्नै अडानका कारण सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो ।
प्रदेश र प्रतिनिधि सभाको चुनावको लागि सिट बाँडफाँट गर्न भन्दै दलका शिर्ष नेताहरू छलफलमा बसे पनि निश्कर्षमा पुग्न भने सकेका छैनन् ।
तर छलफल सकारात्मक भएको नेताहरूको दाबी छ ।
हिजोको बैठकमा छलफल सकारात्मक भएको र आजदेखि प्रदेश तहको सिट बाँडफाँटको बारेमा छलफल सुरु गर्न लागिएको सिट बाँडफाँट कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिनुभयो ।
सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।