डोटीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

खबर बुक
  • ख-
  • ख
  • ख+

डोटी, २७ असार । डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बा१झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले बताए ।

घटना बेलुकी ६:३० बजे गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भइ कच्ची सडकबाट ५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा वीरबहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्