काठमाडौंका मेयरलाई धरानका मेयरको ढाडस, साम्पाहाङ भन्छन, ‘नडराउनुहोस’

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २५ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन् ।

आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाए पछि चलेको मुद्धामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन । अदालतले आफुलाई अपराधी बनाएको भन्दै शाहले उनले आइतवार साँझ टविट गरे पछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाएका हुन ।

काठमाडौंका मेयर शाहले आइतवार अदालतको तारिख पर्चा साँझ लेखेका थिए,

 

‘आज एउटा विशेस दिन,

आजबाट म तारिखमा छु,

भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै ,

प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।

म आज बाट अपराधी ।’

त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले टविटरमा जवाफ दिदैँ लेखे,

‘नडराउनुस् नबिराउनुस्
हजुरको साथमा म छु, हामी छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्