डेंगु रोगबारे बिरामी र कुरुवालाई अस्पतालमै अभिमुखीकरण

खबर बुक
  • ख-
  • ख+

लमजुङ ४ असोज । जिल्ला अस्पताल लमजुङमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण गरिएको  छ ।

जिल्लामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि अस्पतालमपा भर्न भएर बसेका बिरामी र बिरामी कुरुवालाई सचेतना जगाउने, उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।

जिल्ला अस्पतलाका डा. मनोज यादव र जिल्ला अस्पताल लमजुङका सामाजिक सेवा विभाग प्रमुख शोभा ठकुरीले डेंगु रोगबाट कसरी बच्न सकिन्छ, बच्नका लागि घरवरपर पानी जम्ने ठाँउको सरसफाई गर्नू पर्ने, लामखुट्टेको अण्डा र लार्भा नष्ट कसरी गर्ने लगायतबारे जानकारी गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्