
नेकपा (माओवादी केन्द्र)ले पार्टीले प्रचण्डको मोवाइल एप उद्घाटन गरेको छ ।
राष्ट्रिय विज्ञान दिवसको अवसरमा माओबादी केन्द्रको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा उक्त एप घोषणा गरिएको हो । एपमा अध्यक्ष प्रचण्डको र नेकपा माओवादी केन्द्रको गतिविधि, सूचना, जानकारी, सामाजिक सञ्जालहरुकै मोडालिटीमा सहजरुपमा जानकारी लिन तथा दैनिक भेटघाट लगायतका विषयहरू आउने विज्ञान तथा प्रविधि विभागका सचिव आरके ढुङ्गानाले जानकारी दिनुभयो ।
कार्यक्रममा सहिद सुरेश वाग्लेको नाममा विज्ञान तथा प्रविधि पुरस्कार, विज्ञान, प्रविधि, नवप्रवर्तन र समाज रुपान्तरणमा योगदान पु¥याउने उत्कृष्टमध्येबाट विभिन्न विधामा प्रदान गर्ने गरी घोषणा गरिएको छ । साथै विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन र खोजी तथा अनुसन्धानलाई प्राथमिकता दिन पाँच लाखको अक्षय कोष स्थापना गरिएको छ ।
यस्तै विज्ञान र प्रविधिको क्षेत्रमा योगदान गर्ने ३ जना व्यक्तिलाई सम्मान गरिएको थियो ।