बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, २२ वैशाख । जिल्ला प्रहरी कार्याल महोत्तरीका लेखापाल विनोद विष्ट  दुईलाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

बानेश्वरको एक रेष्टुरेन्टबाट उनलाई घुस रकम र चेकसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका अनुसार उनको साथबाट घुसबापत सेवाग्राहीसँग लिएको ५० हजार नगद र एक लाख रुपैयाँको चेक बरामद गरिएको छ । भवन निर्माणसम्बन्धी विषयमा घुस रकम र चेक लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्