गठबन्धन दलबीच आगामी वर्षको बजेट र सिद्धान्तमा एकरुपता ल्याउन आधारपत्र तयार गर्ने सहमति

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख २० । सत्तागठबन्धन दलबीच आगामी वर्षको बजेट र सिद्धान्तमा एकरुपता ल्याउन आधारपत्र तयार गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तागठबन्धनको बैठकमा बजेट र सिद्धान्तमा एकरुपता ल्याउन सरकारले आधारपत्र गर्ने र त्यसमाथि गठबन्धनदलबीच छलफल गरेर अन्तिम रुप दिने सहमति भएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

उहाले सरकारको सिद्धान्त र नीति तथा कार्यक्रममा एकरुपता ल्याउनका लागि सरकारले आधारपत्र तयार गर्ने र सरकारमा रहेका सवै दलहरुको धारणा समावेश गरेर परिमार्जन गर्ने बताउनुभयो । उहाले आर्थिक प्रतिकुलतामा अवस्थामा जनताका आधारभूत आवश्यकतालाई ध्यानमा राखेर बजेट निर्माण गर्ने तयारी भएको बताउनुभयो ।

हाले गठबन्धन दलका नेताहरुले बाहिर जस्तो अभिव्यक्ति दिएपनि सरकारसँग भएको बहुमतमा कुनै तलमाथि हुने सम्भावना नरहेको जिकिर गर्नुभयो ।

उहाले रास्वपालाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले कुरा गरिरहेको जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्