सरकारले चाँडै पूर्णता पाउँछ : रमेश लेखक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख २० । सत्ता गठबन्धनले आगामी वर्षको बजेट र सिद्धान्तमा एकरुपता ल्याउन छलफल थालेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले बजेटको बारेमा छलफल भएको कांग्रेसका प्रमुख सचेतक रमेश मल्लले बताउनुभयो । यस्तै, अहिले स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धन फेरबदल हुन नसक्ने प्रष्ट पार्नुभएको छ ।

रास्वपालाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले कुरा गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नै सम्बोधन गर्ने बताए । उनले सरकारले चाँडै पूर्णता पाउने बताए । गठबन्धन दलबीच कुनै विमति नरहेको समेत प्रष्ट पार्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्