नेपालमा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख २० । पछिल्लो २४ घण्टामा नेपालमा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

३३६ पीसीआर परीक्षणमा २७ र २,१९६ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको २२० रहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्