थुपारेको गिटीमा कुकुरले मान्छेको टाउँको लुच्छ्न थालेपछि…

न्युज कारखाना
  • ख-
  • ख+

वैतडी, १७ वैशाख ।  बैतडीको पाटनमा कुकुरले लग्दै गरेको अवस्थामा मान्छेको टाउको भेटिएको छ । पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिटीबाट कुकुरले तान्दै गरेको अवस्थामा मान्छेको टाउको भेटिएको हो ।

गिटीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको खबर आएपछि प्रहरी घटनास्थल गएको बैतडीका प्रहरी निमित्त प्रहरी प्रमुख लोकराज जोशीले बताए ।

घटनास्थललाई प्रहरीले अहिले घेरा हालेको र उक्त गिटी कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्