महाविर पुनलाई आन्दोलन गर्न बाध्य बनाएको भन्दै लिङ्देनद्धारा सरकार प्रति खेद प्रकट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले महाविर पुनलाई सडकमा आएर आन्दोलन गर्न बाध्य बनाएको भन्दै सरकार प्रति खेद व्यक्त गर्नुभएको छ ।
आइतबार काठमाडौंको माइतिघर पुगेर पुनको आन्दोलनप्रति ऐकवद्धता जनाउदै लिङ्देनले राज्यलाई अघि बढाउने काम गर्न खोज्दा सरकारले पुनलाई सडकमा आएर आन्दोलन गर्न बाध्य बनाएको भन्दै खेद व्यक्त गर्नुभएको हो । उहाले पुनले अघिसारेका मागहरु तत्काल पुरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । पुनको माग पुरा नभएसम्म राप्रपाको साथ रहने भन्दै प्रधानमन्त्रीले नै पुनको माग पुरा गर्ने वातावरण बनाउनुपर्ने जिकिर गर्नुभयो ।

उहाले अयोग्य लडाकु र औषधीउपचारका नाममा करौडौं खर्च गर्न सक्ने सरकारले आबिश्कारका लागि सरकारले साथ र सहयोग गर्नुपर्ने बताउनुभयो । लिङ्देनले पुनले अघि सारेका मागहरु व्यक्तिका मात्रै नभएर सिंगो देशका लागि भएको पनि बताउनुभयो ।
सो क्रममा पुनले अनुसन्धान, आविष्कार नवप्रवद्र्धनलाई सरकारले प्राथकितामा राख्नुपर्ने बताउनुभयो । अनुसन्धानका लागि काम गर्न खोज्दा राज्यले नै सहयोग नगरेको उहाले बताउनुभयो ।

अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नका लागि छुट्टै बिभाग खोल्नुपर्ने लगाएतका चार बुँदे माग राखेर पुनले काठमाडौंको माइतिघरमा धर्ना सहितको आन्दोलनको कार्यक्रम सुरु गर्नुभएको हो । मा लागेका छन् । केहि घण्टामा सहज हुने बताइएको छ ।
झछद्ध

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्