सच्याइएकाे : नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ वैशाख । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले शुुक्ररबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुुवाएका हुन् ।

१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन-२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित भएका हुन् ।

(यसअघि बारा-२ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले शपथ  लिन बाँकी हुनुपर्नेमा अन्यथा हुन गएकाले सच्याएका छाैँ ।सं.)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्