विज्ञानका क्षेत्रमा गरिने नयाँ आविष्कारले ठूलो रोजगारी सिर्जना गर्छ : प्रधानमन्त्री देउवा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १

विज्ञान प्रविधिमा लगानीको विस्तार  :  समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शनिबार १० औँ राष्ट्रिय विज्ञान दिवस मनाइएको छ ।

नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापी रूपमा विज्ञान दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा काठमाडौं स्थीत बीपी कोईराला राष्ट्रिय बिज्ञान सङग्रहालयमा शिक्षा मन्त्रालयले बिशेष कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले देशको विकास र समृद्धिका लागि महत्वपूर्ण रहेको विज्ञानका क्षेत्रमा गरिने नयाँ आविष्कारले ठूलो रोजगारी सिर्जना गर्ने बताउनुभयो । उहाँले विज्ञान शिक्षाको विकास गर्न गाउँदेखि नै उचित वातावरण तयार पार्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा विज्ञान शिक्षाका विभिन्न सङ्कायका क्षेत्रमा क्रियाशील व्यक्तिलाई पुरस्कृत गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्