सरकारले काठमाडौँ तराई मधेश द्रुत मार्ग सडक आयोजना अन्तर्गत केहि स्थानको जग्गा प्राप्तीको कामलाई छिटै टुङ्गो लगाउने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख १२ । सरकारले काठमाडौँ तराई मधेश द्रुत मार्ग सडक आयोजना अन्तर्गत केहि स्थानको जग्गा प्राप्तीको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रको जग्गा प्राप्तीका लागि उच्चस्तरीय समितिले काम अघि बढाएको र र अब छिट्टै नै जग्गा प्राप्तीको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

यसअघिको मन्त्रिपरिषद् बैठकले सो क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरेको थियो । त्यस्तै बैठकले सशस्त्र प्रहरी बल नियमावली संशोधन गर्ने र जग्गा कित्ताकाटसम्बन्धी बिषयलाई अर्थ तथा प्रशासनिक समितिमा पठाउने निर्णय गरेको मन्त्री ज्वालले जानकारी दिनुभयो ।

बैठकले कृषि मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी ऐनलाई सम्बन्धीत समितिमा छलफलका लागि पठाउने निर्णय गरेको मन्त्री ज्वालाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्